event
ब्रिक लेयर मेसन २ तालिमको प्रमाण पत्र वितरण कार्यक्रम
2074, Bhadra 07
Admin
भूकम्प पछिको र्निर्माण कार्यलाई सुरक्षति बनाउँने उदेश्यकासाथ दुहवी नगर पालिकाको सभा हलमा मोरङको बुढीगंगा स्थित मनमोहन स्मृति पोलीटेक्निक द्वारा सञ्चालित ब्रिक लेयर मेसन २ तालिमको सिटिइभिटीको प्रमाण पत्र वितरण कार्यक्रम समपन्न भएको छ । विगत १० वर्षदेखी मनमोहन स्मृति पोलीटेक्निकले एसीयाली विकास बैंकको सहयोगमा पूर्वाञ्चलका १६ जिल्लाका बेरोजगारहरुलाइ लक्षित गर्दै २ दर्जन भन्दा बढी सिपमुलक तालिमहरुको आयोजना गर्दे आएको छ । कार्यक्रममा प्रमुख अतिथि दुहवी नगर पालिकाका मेयर बेदनारायण गच्छदारले तालिममा उत्तिण १९ जनालाइ प्रमाण पत्र वितरण गर्नुहुँदै बेरोजगारहरुले सिप सिकेर आत्मनीर्भर हुनुपर्ने र मजदुरहरुले मजदुर कल्याण कारिणि कोष खोल्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले नेपाल सरकारको मापदण्ड अनुसार घरहरु निर्माणको लागि सोहि अनुसारले सीप सिकाउनको लागि प्रशिक्षक तथा संस्थालाई सुझाव दिनुभयो, साथै उहाँले अवदेखी सिपमुलक तालिम सिकेर प्रमाण पत्र भएकाहरुलाइ मात्र दुहवी नगर पालिकाको विकास निर्माणको काममा सहभागी गराउँन दुहवी नगर पालिकाका कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीलाइ निर्देशन समेत दिनु भएको थियो ।
सभाध्यक्षको रुपमा रहनुभएका मनमोहन स्मृति पोलीटेक्निकका प्रार्चाय सुभाष श्री पोखरेलले तालिम सञ्चालन संगसंगै सामाजिक कार्य गर्न विभिन्न दातृ संस्थाहरुसंग समन्वय गरिरहेको तथा आगामी दिनमा पनि अन्य कार्यक्रमहरु छिट्टै ल्याउने बताउनु भयो । उहाँले मनमोहन स्मृति पोलीटेक्निक र दुहवी नगरपालिकाले एक आपसमा समन्वय गरेर अगाडी बढ्नुकासाथै आवश्यकता र माग हेरी अन्य विधाका तालिमहरु पनि संचालन गर्ने जानकारी गराउनु भयो । कार्यक्रममा स्थानिय ३ महिला डक्रमीलाइ सम्मान गरिएको थियो । लामो समयदेखी भवन निर्माण कार्यमा सहयोग पुर्याएको भन्दै मनमोहन स्मृति पोलीटेक्निकले दोसल्ला ओढाइ उनीहरुलाइ सम्मान गरेको थियो । सम्मानीत हुनेहरुमा स्थानिय राजकुमारी वतरनी, बोघनी कुमारी ऋषीदेव, र कलकत्ती ऋषीदेव रहनु भएको छ । कार्यक्रममा भवन निर्माण व्यवसायी संघका पदाधिकारी, संघ संस्थाका प्रतिनिधि लगायतलाइ मायाँको चीनो प्रदान गरिएको थियो । मनमोहन स्मृति पोलीटेक्निकका तालिम प्रबन्धक इन्जीनीयर सुदिप अधिकारीको संयोजकत्वमा भएको कार्यक्रम उद्घोषण इन्जीनीयर युवराज चोधरीले गर्नु भएको थियो ।

Related News & Events
15
M
2079-11-05 (17 Feb 2023) A spectacular Closing of Sports Meet 2079
event
02
M
2079-11-02 स्पोर्ट्स मिट 2079 को उद्घाटन
event
12
M
2079-10-12 सरस्वती पूजा एवं सांस्कृतिक कार्यक्रम सम्पन्न
event
13
M
2079-06-13 पोलिटेक्निकका भू.पू. प्राचार्य गोविन्द गजुरेल प्रति श्रद्धाञ्जली अर्पण
event
19
M
Training with OJT
event