event
विद्यार्थीले गरे विषादी छर्ने ड्रोन, इलेक्ट्रिक भोटिङ मेसिन आविष्कार
2075, Bhadra 14
Admin
थाहा संवाददाता भदौ १४, २०७५
विराटनगर : मोरङ बुढीगंगामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निक कलेजका विद्यार्थीले निर्माण गरेका विभिन्न आविष्कार बुधबार प्रदर्शन गरेका छन्।
पोलिटेक्निक कलेजका मेकानिकल इन्जिनियरिङ विभागका पाँच जना विद्यार्थीको समूहले बनाएको पेट्रोल ड्रोन कृषि क्षेत्रमा विषादी छर्कन उपयोगी छ। हेलिकोप्टर जस्तो देखिने ड्रोनमा विषादी राख्ने भाँडो छ र यसले उडेरै बाली नालीमा विषादी छर्न सक्ने निर्माण समूहका विद्यार्थी देवेन्द्र ठाकुर बताउँछन्। सोही विभागका पिन्टुकुमार चौधरीलगायतको समूहले बनाएको गो कार्ट अन बाइक इन्जिन पर्यटकीय क्षेत्रमा राख्न सकिने उपकरण हो, जुन एक जनाले कुदाउन सकिने आधुुनिक कारको स्वरूपमा छ।
यस्तै, विद्यार्थीहरूले मल्टिपर्पोज मेसिन, अटो रिन्युएवल इलेक्ट्रिक बाइकसमेत नयाँ र आधुनिक तरिकाले निर्माण गरेका छन्। विद्यार्थीहरूले नेपालमा प्रयोग हुन सक्ने भोटिङ मेसिन पनि निर्माण गरेका छन्।
यस्तै, ताररहित बम डिस्पोज गर्ने रोबोट, अत्यधिक गतिमा सडकमा कुदेका सवारी साधनको गति नाप्ने भेइकल मनिटरिङ सिस्टम, मोबाइलको ब्लुटुथबाटै टिभी, पंखा खोल्न वा बत्ती बाल्न र मार्न सकिने ब्लुटुथ बेस होम अटोमेसन सिस्टम, स्मार्ट ह्युमन सेफ्टी डिभाइस पनि विद्यार्थीले निर्माण गरेको पोलिटेक्निकका शिक्षक सर्वेश चौधरीले जानकारी दिए।
विद्यार्थीहरूले रिमोट कन्ट्रोल घाँस काट्ने मेसिन, जिएसएम बेस स्मार्ट इनर्जी मिटर, बाढी आएको पूर्वसूचना दिने मेसिन, सोलार बोट र स्मार्ट हाउसको विषयमा पनि नयाँ आविष्कार गरेका छन्। सिभिल इन्जिनियरिङका विद्यार्थीहरूले नयाँनयाँ शहरको डिजाइन पनि गरेका छन्। उनीहरूले गरेको डिजाइन उत्कृष्ट रहेको उक्त विभागका शिक्षक सन्दीप दाहालको भनाइ छ।
विद्यार्थीको आविष्कारले टेक्निकल कलेजको उचाइ बढेको बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द्र माझीले बताए। कलेजका प्रमुख डा. सुवासश्री पोखरेलले नेपालका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नका लागि विद्यार्थीहरूलाई प्रोजेक्ट वर्क गर्न लगाएको बताए।
देशको आर्थिक समृद्धि र विकासका लागि मागअनुसार आवश्यक जनशक्ति उत्पादन गर्न आफूहरू सक्षम रहेको पोखरेलको भनाइ छ। कलेजले अहिलेसम्म एक हजार ४९ जना विद्यार्थी उत्पादन गरिसकेको छ भने सातौँ ब्याचका विद्यार्थीले प्रदर्शनी गरेका हुन्।
प्रदेश १ सरकारले मनमोहन पोलिटेक्निकल कलेजलाई प्राविधिक विश्वविद्यालयको रूपमा विकास गर्ने घोषणा गरको छ ।
Source: http://www.thahakhabar.com/news/48308

Related News & Events
15
M
2079-11-05 (17 Feb 2023) A spectacular Closing of Sports Meet 2079
event
02
M
2079-11-02 स्पोर्ट्स मिट 2079 को उद्घाटन
event
12
M
2079-10-12 सरस्वती पूजा एवं सांस्कृतिक कार्यक्रम सम्पन्न
event
13
M
2079-06-13 पोलिटेक्निकका भू.पू. प्राचार्य गोविन्द गजुरेल प्रति श्रद्धाञ्जली अर्पण
event
19
M
Training with OJT
event